सम्बन्ध विच्छेदका मुद्दा बढ्नुका कारण

186

सोलुखुम्बु / सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको छ ।

आव २०७३/७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४/७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ ।

सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार वटा मुद्दा बाँकी रहेर चालु आवमा सरेका छन् ।

सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा प्रेम विवाह, कम उमेरमा हुने विवाह, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी मुख्य कारण रहेको जिल्ला अदालतका नायब सुब्बा भगिश्वर रसाइलीले जानकारी दिनुभयो ।

यस्तै आव २०७४/०७५ मा जबर्जस्ती करणीका मुद्दा २० वटा परेका छन् ।

मेलमिलापका लागि पठाइएका ४६ वटा मुद्दामा जम्मा १६ वटा मुद्दामात्र मेलमिलाप भएका छन् ।

मेलमिलाप हुन नसक्नुका कारणमा सम्बन्धित व्यक्ति उपस्थित नहुनु, मुद्दा दायर गरेर पनि छलफलमा नआउनु र वारेसनामाजस्ता कारणले मेलमिलापबाट छिनोफानो हुने मुद्दाको संख्या कम भएको अदालतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here