काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो कार्यालयमा ८ अर्ब १५ करोड ५८ लाख रुपैयाँ बराबरको नेपाली नोट मौज्दात रहेको जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको (०७४/०७५) असारसम्मको वित्तिय विवरण अनुसार अघिल्लो वर्ष (२०७३÷०७४) बर्षको तुलनामा ६ करोड ९२ लाख ३८ हजार रुपैयाँले मौज्दात बढेको देखिन्छ।
राष्ट्र बैंकले ६३ अर्ब ३८ करोड रुपैयाँ बराबरको थप नोट सर्वसाधारणसम्म पुर्याएको छ ।
हालसम्म राष्ट्र बैंकबाट निष्कासित भएको नोट ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
नेपाली जनताको हातमा अहिले ४ खर्ब ८६ अर्ब २१ करोड रुपैयाँ बराबरको नोट उपलब्ध छ । राष्ट्र बैंकले ४ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।
त्यस्तै सुनको स्टक झण्डै ३३ प्रतिशतले बडेको छ । अहिले केन्द्रिय बैंकसँग २ अर्ब १४ करोड १५ लाख रुपैयाँ बराबरको सुन मौज्दात छ । अघिल्लो वर्ष राष्ट्र बैंकसँग १ अर्ब ६१ करोड २४ लाख रुपैयाँ बराबरको सुन स्टक थियो ।


















