अनलाइन मिडियालाई हराउँदै प्रिन्ट मिडिया अगाडी

247

निशा तामाङ

‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगितामा अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडियाले विजय हासिल गरेको छ ।

नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगितामा महिला पत्रकारहरु एकापसमा भिड्दाको दृश्य रोचक थियो । मैदानमा फुटबल खेल्न उत्रिएका महिला सञ्चारकर्मीहरु धेरै उत्साहित रहेका थिए ।

शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको सो प्रतियोगितामा प्रिन्ट, अनलाइन, टेलिभिजन र रेडियोमा कार्यरत महिला सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

विजेता टोली प्रिन्ट मिडियाले रेडियोलाई १–० गोलले र उपविजेता अनलाइन टोली टेलिभिजनलाई २–१ ले पराजित गरी फाइनलमा पुगेका थिए ।

अनलाइन मिडियालाई २–१ गोलले पराजित गर्दै प्रिन्ट मिडिया विजय हुन सफल भएको हो । विजेता टोली प्रिन्ट मिडियाका तर्फबाट पून्यवती ढकाल र भाषा शर्माले २ गोल गरेका थिए भने अनलाइनका तर्फबाट मुना कार्कीले १ गोल गरेकी थिइन् ।

 

पराजित भएको रेडियो र टेलिभिजनले निर्धारित २० मिनेटको खेलमा गोल गर्न नसकेपछि दुवै टोलीलाई संयुक्तरुपमा तेस्रो स्थान घोषणा गरिएको थियो ।

विजेता तथा उपविजेता टोलीलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाललगायतले ट्रफी प्रदान गरेका थिए ।

Image may contain: one or more people, people standing, sky and outdoorImage may contain: one or more people, people playing sports, sky and outdoor

Image may contain: people playing sports, stadium and outdoor

Image may contain: one or more people, people playing sports, stadium and outdoor

Image may contain: one or more people, stadium, grass and outdoor

Image may contain: one or more people, people playing sports and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here