‘टिनएज’ साउन २५ गतेबाट प्रदर्शनमा

221

फिल्म ‘टिनएज’ साउन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । एक दशक लामो नृत्य निर्देशनको अनुभवलाई सर्टिफिकेट मान्दै कोरियोग्राफर दिनेश पाख्रिनले पहिलो पटक फिल्म निर्देशनमा हात हालेका हुन् । फिल्म ‘टिनएज’मा नयाँ अनुहार देख्न सकिनेछ ।

निर्देशक पाख्रिनले भने, ‘फिल्मको कथाले टिनएज देखिने कलाकार खोज्यो त्यसैले नयाँ अनुहार राखेँ । नयाँ कलाकार भएपनि सबैले आ-आफ्नो तर्फबाट उत्कृष्ट काम गरेका छन् ।’

‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ ।

विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको फिल्ममा डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको गीत रचना छ । यसमा दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।

हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here