आज सरकार विरुद्ध वृहत् विरोध प्रदर्शन गर्ने कांग्रेसको घोषणा

118

काठमाडौंमा दिउँसो साढे २ बजे प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध वृहत् विरोध प्रदर्शन गर्ने भएको छ ।

७७ वटै जिल्लामा विरोध प्रदर्शनको कार्यक्रम राखेको कांग्रेसले काठमाडौंमा शान्तिबाटिकाबाट जुलुस निकाल्ने जनाएको छ। सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै कांग्रेसले सरकारविरुद्धको प्रदर्शन घोषणा गरेको हो।

काठमाडौंको विरोध प्रदर्शनलाई केन्द्रीय नेताहरु प्रकाशमान सिंह र गगन थापाले सम्बोधन गर्ने कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ७७ जिल्लामै विरोधसभा भएकाले मिलेसम्म केन्द्रीय नेताहरुलाई आफ्नै जिल्लको प्रदर्शनमा सहभागी हुन पार्टीले निर्देशन दिएको बताए।

दिउँसो साढे २ बजे सुरु हुने विरोध प्रदर्शन शान्ति बाटिकाबाट सुरु भई भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार, न्युरोड हुँदै शान्ति बाटिकामै पुगेर कोणसभामा परिणत हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here