एक महिना कैद छल्न २५ वर्षदेखि फरार रहेका कैदी पक्राउ

148

लमजुङ/ पच्चीस वर्षदेखि फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई जिल्ला अदालतबाट रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो । थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कारागार चलान गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

पछिल्लो समय विभिन्न मुद्दामा जिल्ला अदालतबाट सजाय पाएर पनि फरार रहेका व्यक्तिको खोजतलास गर्ने अभियानलाई प्रहरीले तीब्रता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here