प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित

265

काठमाडौं/ प्रतिनिधिसभाको बैठकले प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित ग¥यो ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले शोकप्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उहाँको निधनमा चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत गरेको थियो । विसं २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा उहाँ नेपाली काँग्रेसका तर्फबाट बैतडी क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

नेका बैतडी जिल्ला कार्यसमितिका संस्थापक सभापति, केन्द्रीय सदस्य, समाजसेवीसमेत रहनुभएका जोशीको हिजो काठमाडौँस्थित आफ्नै निवास बूढानीलकण्ठमा ७३ वर्षको उमेरमा निधन भएको थियो ।

उहाँले ऐतिहासिक जनआन्दोलन २०४६ र गणतान्त्रिक/प्रजातान्त्रिक आन्दोलनमा अहं भूमिका निर्वाह गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि साउन १७ गते बिहीबार दिनको १ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here