वाग्मती अभियानमा खानेपानी मन्त्री

482
l;hg ldl8of4f/f cfof]hLt P;Pn;L lk|G;]h @)!^ k|ltof]uLtfdf ;xefuL k|ltof]uLx? jfudtL ;/;kmfO{ cleofgdf ;xefuL x'b} ;fydf ;xefuLsf cleefjsx? klg ;xefuL x'g' ePsf] lyof] .tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं/ मुहानदेखि नै वाग्मती सफा राखौं भन्ने आग्रह सहित प्रारम्भ भएको वाग्मती सफाई अभियानको २३४ हप्ता तथा महाअभियानको २७३ हप्ताको सफाई अभियान साउन १९ गते सम्पन्न भएको छ ।

वाग्मती सुन्दरता सरोकार मन्चको संयोजन तथा काठमाडौं महानगरपालिका वडा नं. ८ को आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा निरन्तर रुपमा वाग्मती सफाई अभियानमा संलग्न रहँदै आएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पुडासैनी मैत्री समाज, तिलगंगा महिला समूह, माकलबारी टोल सुधार समाज तथा राम्रो जोरपाटी हाम्रो जोरपाटीलाई कामनपा वडा नं. ८ को तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रमको शुभारम्भमा आफ्नो मन्तब्य राख्नुहुँदै खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले वाग्मती सफाई अभियानको प्रभाव र दायरा निकै फराकिलो हुँदै गैरहेको आफूले पाएको बताउनु हुँदै नेपाल सफाई अभियानको थालनी वाग्मतीबाट प्रारम्भ भएको बताउनु भयो । सो अवसरमा प्रदेश सभा सांसद नरोत्तम बैद्य, कामनपा वडा नं. ८ का वडा अध्यक्ष दिनेश कुमार डंगोल समेतले वाग्मती अभियानमा स्थानीय सहभागिता अपरिहार्य रहेको र आफूहरु यसको नेतृत्वका लागि तयार रहेको बताउनु भएको थियो ।

कामनपा वडा नं. ८ स्थित राममन्दिर क्षेत्रबाट शुरु भएको वाग्मती अभियानले उक्त क्षेत्रमा रहेको झाडी फाँड्दै वाग्मती र किनारमा रहेको फोहोरहरुको ब्यवस्थापन समेत गरेको थियो । सफाई अभियानमा आंशिक रुपमा कुहिने फोहोरहरुलाई नदी किनारमा खाडल खनेर गाडने कार्य समेत गरिएको थियो ।

मुहानदेखि वाग्मती सफा गर्नुपर्छ भन्ने मान्यतालाई अघि सार्दै बिगत १३ हप्तादेखि वाग्मती सफाई अभियानको स्वरुप र शैलीमा परिवर्तन गरिएको छ । जस अन्तर्गत नगर र महानगरपालिकाका वडाहरुलाई वाग्मती सफाई अभियानमा स्वामित्व ग्रहण गर्न प्रेरित गर्दै हरेक वडा कार्यालयहरुले साप्ताहिक रुपमा नदी र वडा सफाई अभियान संचालन गर्न बातावरण तैयार गरिएको छ र यस्को नेतृत्व वाग्मती सुन्दरता सराकोर मन्चले गरिरहेको छ ।

वाग्मतीको मुहान क्षेत्र गोकर्णेश्वर नगरपालिका वडा नं. १ बाट प्रारम्भ भएको पछिल्लो चरणको अभियान वडा नं. २ को नेतृत्वमा कोलमतेश्वर नदी वडा नं. ३ को आतिथ्यतामा स्यालमती(घट्टे खोला) वडा नं. ४ को आतिथ्यतामा सुर्यमती र चन्दमती, वडा नं. ५, ६, ७ र ८ को आतिथ्यतामा वाग्मती सफाई कार्यक्रम यसअघि नै सम्पन्न गरेको छ ।

यसैगरि कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ तथा काठमाडौं महानगर पालिका वडा नं. ६ र ७ को आतिथ्यतामा वाग्मतीको बिभिन्न क्षेत्रमा सफाई अभियान संचालन गरिसकेको छ । सफाई अभियानमा नगरबासीको निकै ठुलो उत्साह र सहभागिता रहँदै आएको छ ।

अबको वाग्मती सफाई अभियानले श्रोतमै फोहोरको बर्गिकरण गर्दै अर्गानिक फोहोरहरुलाई नदी किनारमै बिसर्जन गर्ने र बिक्रि हुने फोहोरहरुलाई अलग राख्दै काम नलाग्ने फोहोरहरुलाई मात्र अन्तिम बिसर्जनको ब्यवस्था मिलाउने क्रम प्रारम्भ भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here