‘सडक’को रिमेकमा रणबीर-आलिया

191

महेश भट्ट निर्देशित बलिउड चलचित्र ‘सडक’को रिमेक बन्ने भएको छ । भट्टले नै यसको रिमेक बनाउने घोषणा गरेका छन् ।

ट्रेड एनालिस्ट तरुण आदर्शले आफ्नो अफिसियल एकाउन्टमा सडकको प्रदर्शन मिति समेत पोस्ट गर्दै चलचित्र २०१९ को नोवेम्बर २ मा रिलिज हुने जनाएका छन् ।

बलिउड मिडिया अनुसार चलचित्रमा रियल जोडी अभिनेता रणबीर कपुर र अभिनेत्री आलिया भट्ट रहन सक्ने जनाएका छन् । सन्जुमा रणबीरले सञ्जय दत्तको भूमिका निभाएको कारण सडकमा उनी हुन सक्ने बताइएको छ । चलचित्र सडकमा अभिनेता सञ्जय दत्त र अभिनेत्री पूजा भट्टको मुख्य भूमिका रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here