२० लाख रुपैयाँ बराबरको कपडा सहित २ जना पक्राउ

322

काठमाडौं/ बिल भरपाई नभएको करीव २० लाख रुपैयाँ बराबरको लेडिज सटिङ, सुटिङ र कुर्था सुरुवालका कपडा सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बा.६च ६४२ नम्बरको टाटा गाडीका चालक गोरखा गण्डकी गाउँपालिका-६ घर भएका १९ वर्षीय रेशमलाल श्रेष्ठ र उक्त सामानका धनि राजन कुमार रहेका छन् ।

किलागलस्थित सडकमा उक्त गाडीमा शंकास्पद तबरबाट त्रिपालले छोपी सामान लिई हिडीरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उक्त सामान, गाडी, चालक र सामानका धनीलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भंसार कार्यालय गौचर पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here