काठमाडौँ/ करका कारण संघीयता उल्टिन सक्ने स्थानीय तह र प्रदेशैपिच्छे कर लगाउँदा करबाट उत्पन्न हुने असन्तुष्टि सङ्घीयता उल्ट्याउने कारक बन्न सक्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनाएका छन् ।
मंगलबार वीरगञ्जमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले करका कारण संघीयता उल्टिन सक्ने स्थानीय तह र प्रदेशैपिच्छे कर लगाउँदा करबाट उत्पन्न हुने असन्तुष्टि सङ्घीयता उल्ट्याउने कारक बन्न सक्ने, संघीयता बाईसे–चौबीसे राज्यजस्तै हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
दोहोरो र तेहेरो कर लाग्न थालेका भन्दै गुनासो समेत गरे । दाहालले पृथ्वीनारायण शाहले देशलाई एकीकरण गर्न सफल हुनुमा त्यतिखेर टुक्राटुक्रामा बाँडिएको नेपालमा व्यापारी र जनतामाझ करप्रतिको वितृष्णा मुख्य कारक भएको जनाए । उनले अहिले नेपालमा व्यवसायीहरू करका कारणले एकदमै त्रसित भएको अवस्था समेत जनाए ।


















