आइएमई लाइफइन्स्योरेन्स र नेपालबंगलादेश बैंकअस्योरेन्सबीच सम्झौता

109

काठमाडौ/ आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपालबंगलादेश बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले नेपाल बंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने विभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता आजिवन लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यून भन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवनबीमामा पहुँच पु¥याई नेपालमा जीवनबीमा विस्तार गर्नु रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here