आदिवासी दिवसका अवसरमा दाङमा विभिन्न कार्यक्रम

171

शरद रेग्मी
दाङ/ नेपाल आदीवासी जनजाति महासंघ तुलसीपुर नगरकमिटिको आयोजनामा २४ औ आदीवासी दिवस तुलसीपुरमा मनाईको छ । दिवसको अवसरमा तुलसीपुर उमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले बहु सांस्कृतीक शहरको रुपमा तुलसीपुर नगरको विकास गरिने जनाउनु भयो ।

थारु बाहुल्य तुलसीपुर उपमहानगरपालिकामा मगर,गुरुङ लगायत अन्य जातजातिको मिश्रीत बसोवास भएकाले पनि तुलसीपुरको शहर विकासको क्रममा बहुसांस्कृतीक हुने जनाउनु भयो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का अध्यक्ष बिरेन्द्र शाह,नेपाल प्रेस युनियनका अध्यक्ष सुशील बस्नेत,थारु समुदायका अगुवा छोटीलाल चौधरी लगायतले आदीवासी जनजातिको भाषा, संस्कृती, भेषभुषा, खानपानको फरक बिशेषताको बारेमा चर्चा गर्नुभएको थियो ।

नगर कमिटिका अध्यक्ष नरेश राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लालबहादुर घर्तीले गर्नुभएको थियो भने सञ्चालन नारायण चौधरीले गर्नुभएको थियो । यसअघि तुलसीपुर बजार परिक्रममा गरिएको थियो ग लाईनमा कल्कीका बिरुवा रोपीएका थिए ।

आदि भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ । धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमीको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समूदायलाई आदिवासी भनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here