जातीय हिंसामा ११ जनाको मृत्यु

215

बामाको/ मालीमा भएको जातीय हिंसामा परी ११ जना फुलानी नागरिक मारिएका छन् । स्थानीय समूहले बिहीबार मृत्यु हुनेहरूको संख्या ११ रहेको स्थानीय अधिकारीहरुले जनाइएका छन् ।

अशान्त रहेको मध्य क्षेत्र मोप्तीमा मंगलबार सो घटना भएको अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
डोगोङ समुदायका व्यक्तिहरूले आक्रमण गरेको जनाइएको छ ।

मंगलबार ११ जना फुलानी नागरिक अपहरणमा परेका थिए । उनीहरूलाई बानी नदी हुदै बजारतर्फ गइरहेका बेला सोफाराबाट डोगोङ लडाकूहरुले अपहरण गरेका हुन्, फुलानी एसोसिएसनका प्रमुख अब्दौल अजिज डिआलोले एएफपीसँग भन्नुभयो ।

उहाँले थप्नु भयो, “तर आज उनीहरू मृत अवस्थामा रहेको प्रमाण फेला परेको छ ।” फुलानी, बाम्बारा र डोगोङ किसानकाबीचमा विगत तीन बर्ष देखि मध्य मालिमा द्वन्द्व भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here