युवा दिवस मनाउने तयारी पुरा

214

काठमाडौं । अन्तर्राट्रिय युवा दिवस २०७५ मनाउन राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रमसहित तयारी पुरा गरेको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारको अध्यक्षतामा १०१ सदस्यीय मूल आयोजक समिति बनाएर कार्यक्रमको तयारी गरेको हो ।
युवाका समस्यालाई समबोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेसँगै नेपालमा पनि सन् २००४ देखि युवा दिवस मनाउन लागिएको हो ।
यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसका लागि संयुक्त राष्ट्रसङ्घले ‘सेफ स्पेस फर युथ’ भन्ने नारा तय गरेको छ भने नेपालमा यसैलाई ‘युवाका लागि सुरक्षित वातावरण’ भनेर नारा बनाइएको छ । युवा दिवस मनाउने तयारीका बारेमा जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय युवा परिषद्की कार्यकारी सदस्य तथा अन्तर्राष्ट्रिय युवा दिवस २०७५ तयारी कार्यदलका संयोजक भावना भट्टले दिवसको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय युवा दिवसमा राजनीतिक युवा, युवाका क्षेत्रमा क्रियाशील विभिन्न संस्थाको सहभागिता रहने जानकारी दिनु भएको थियो । त्यस्तै अन्तर्राष्ट्रिय युवा दिवस साउन २४ देखि ३० गते सम्म सप्ताहव्यापी रुपमा नेपालका ७७ वटै जिल्लामा मनाउने समेत जानकारी दिनु भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको आतिथ्यतामा युवा दिवसको औपचारिक कार्यक्रम गरिने छ । त्यस अवसरमा युवा प्रतिभाको सम्मान गरिने पनि उहाँले जानकारी गराउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here