सुन्तलेमा अवस्थित विद्यालयलाई आर्थिक सहयोग अभियान

285

खोटाङ/ बाराहपोखरी गाउँपालिका वडा नं २ सुन्तलेमा अवस्थित श्री ज्यू मा.वि लाई कम्प्युटर खरिद गरि कम्प्युटर कक्षा संचालन गर्न र अक्षयकोष स्थापना गर्नको लागि आर्थिक सहयोग अभियानवाट जम्मा रु १०,८९२०९ संकलन भएको छ ।

विगत दुई महिनादेखि केदार आले मगरको अध्यक्षतामा शुरु गरिएको अभियानमा विभिन्न देशमा रहेका नेपाल तथा प्रवासीहरुले साथ, सहयोग र विशेष गरि नेपाल बाट ध्यान कुमार राई, चन्द्र राई, यूकेबाट ढक राना मगर, कतारबाट चुडामणि दाहाल, नरहरी बन्जारा, तिर्थराज बन्जारा, दुबईबाट बम मगर, राजेन्द्र दाहाल, चन्द्र बुर्जा मगर, मलेसियाबाट चन्द्र गुर्मछान मगर, पुकल श्रेष्ठ, कुवेतबाट अनिल राईको सहयोगले यस अभियान समापन भएको अध्यक्ष आलेले जनाए ।

विगत लामो समयदेखि विभिन्न सामाजिक कार्यहरुमा लागिरहेका आलेले श्री प्रा.वि.सुन्तले विद्यालयको लागि पनि आफ्नै नेतृत्वमा प्रवासीको सहयोग माग्दै कम्प्युटर सहयोग गरिसकेका छन् ।

आफू जन्मिएको माटोलाई छोडेर अरुको देशमा रातदिन खटेर भएपनि कमाएको केहि रकमको सहयोगले समाजमा केहि सुधार आउछकी भन्ने भावना बोकेका आलेले विभिन्न ठाउँका संस्थाहरुलाई सहयोग गर्दै आएका छन् ।

खोटाङको निकैनै विटक क्षेत्रमा रहेको विद्यालय, आर्थिकस्तर कमजोरीका कारणले गर्दा, प्राविधिक हिसाबले पनि पछाडी परेको विद्यालयलाई कम्प्युटर सहयोगको लागि प्रवासीहरु अघि बढिरहेको छ उदयपुरको सिमानाको नजिक रहेपनि अहिलेसम्म विद्युत पनि पुगेको छैन ।

विधुतको समस्याले गर्दा उक्त विद्यालयमा कम्प्युटर चलाउनको लागि बागा २ का समाजसेवी चन्द्र कुमार राईवाट सोलार पावर सहयोग गरिसकेको छ ।

एकले थुकी सुकी, सयले थुकी नदि भनेझै अहिले हेर्ने हो भने, सुन्तलेका प्रवासीहरु सामाजिक कार्यहरुमा सक्रिय रहेको देखिन्छ कम्प्युटर शिक्षावाट पछाडी भएपनि सहयोग गर्नुपर्छ भन्ने भावना बोकेका प्रवासीहरु आफुले राम्रोसँग कम्प्युटर शिक्षा पढ्न नपाएपनि भावी पुस्ताहरुको लागि भएपनि सानो सहयोग गरेको जनाउँछन् ।

यस अभियान चलाईरहँदा श्री ज्यू माबिको लागि साकुमा घर भई हाल जापानमा कार्यरत मुकेश राई, अमेरीकाबाट उषा राई, दिपेन राई र नेपालवाट ध्यान कुमार राईले एक-एक थान कम्प्युटर सहयोग गरेको छ ।

सहयोगी भावना भएका मुकेश राई आठ वर्ष अघि उक्त विद्यालयमा अध्यापन गरेका थिए ।

अभियानबाट संकलन भएको रकम केहि दिनपछि विद्यालयलाई हस्तान्तरण गरिने अभियानका सचिव राजेन्द्र दाहालले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here