आज पाकिस्तानले भोलि भारतले स्वतन्त्रता दिवस मनाउँदै

46

काठमाडौं । आज मंगलबार पाकिस्तानले आफ्नो ७१ औं स्वतन्त्रता दिवस १४ अगष्टमा मानाउँदै छ । भारतले भने आफ्नो स्वतन्त्रता दिवस भोली अर्थात १५ अगष्टमा मनाउँदैछ । १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएको भारत र पाकिस्तानको सन् १९४७ अगष्ट १५ मा स्वतन्त्र भएका थिए । पाकिस्तानले भने १४ अगष्टलाई आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।

१९४७ अगष्ट १४ मा पाकिस्तानलाई बेलायती लर्ड माउन्टबेटेनले स्वतन्त्र मुलुकको दर्जा दिएर सत्ता सुम्पिएका थिए । त्यसैले पाकिस्तान भारतभन्दा एक दिनअघि आफ्नो स्वतन्त्रता दिवस मनाउँछ ।

पाकिस्तानको प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका इमरान खानले पनि स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्।

इमरान खानले पाकिस्तानले आगामी दिनमा अहिले देखिएको चुनौतीहरु पार गर्दै अघि बढ्नसक्ने विश्वास व्यक्त गरे । उनले आफूहरु जिन्नाको आदर्शअनुसार नयाँ पाकिस्तान निर्माणको योजनामा अघि बढिरहेको जनाए ।

अगष्ट १८ मा इमरान खानले पाकिस्तानको प्रधानमन्त्रीको शपथ लिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here