ग्लोबल आइएमई बैंकका ग्राहकलाई ग्रीन सिटी अस्पतालमा २० प्रतिशत छुट

129

काठमाडौं । ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पतालबीच अस्पतालबाट प्रदान गरिने सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । उक्त सम्भौतापत्रमा अस्पतालका सिनियर म्यानेजर मनिष दवाडी र बैंकका प्रबर्दन विभाग प्रमुख रविन्द्र ढकालबीच हस्ताक्षर भएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको जनाएको छ ।

उक्त सम्झौता पश्चात ग्रीन सिटी अस्पताल, बसुन्धरामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here