३ वर्षमा ४ हजार किलो सुन तस्करी

127

काठमाडौं । नेपालमा पछिल्लो तीन वर्षयता करिव ४ हजार किलो सुन तस्करी भएको गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले खुलासा गरेका छन् । तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको कुरा गृहमन्त्री ‘बादल’ले जानकारी दिएका हुन् ।

 

मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न समूहलाई कारबाहीको दायरामा ल्याइएको जनाएका छन्। गृहमन्त्री ‘बादल’ले नेपालमा सुन तस्करी हुने मुख्य स्थान दुवही रहेको पनि छानबीनबाट पत्ता लगाइएको जनाएका थिए । ३३ किलो सुन तस्करीका लागि गठित छानबीन समितिले सुन तस्करीमा संलग्न ठूलै माछालाई पनि छानबीनको दायरामा ल्याएको दाबी गरे ।

 

गृहमन्त्री ‘बादल’ले सुन तस्करीको संजाल ध्वस्त पार्न सरकार सफल भएको समेत दावी गरेकाछन्। सरकारले संघीयता अनुसार प्रहरीको संरचनाको कामलाई पनि अघि बढाएको जानकारी दिएका छन् । उनले प्रहरीको सरुवा, बढुवा मापदण्ड बनाएर गर्ने कामको सुरुवात आफूले गरेको दावी पनि गरेका छन्। विगतमा प्रहरीको सरुवा, बढुवामा राजनीति हुने गरेको उल्लेख गर्दै गृहमन्त्री थापाले अव त्यसो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here