कार्यशैली प्रति असन्तुष्ठी जनाउँदै नेपाल टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीलाई बर्खास्त

125

काठमाडौं/ मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरिएको छ ।

सरकारले उनलाई आफ्नो पदबाट बर्खास्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

टेलिकममा प्रभावकारी रुपमा काम गर्न नसकेको र कुशल व्यवस्थापकीय क्षमता नदेखाएको आरोप लगाउदै मन्त्रिपरिषद बैंठकले उनलाई हटाउन अघि स्पष्टिकरणमा ‘तपाईलाई जिम्मेवारीबाट किन बर्खास्त नगर्ने रु’ भन्ने प्रश्न गरिएको थियो ।

सञ्चालक समिति र सञ्चार राज्यमन्त्री बास्कोटा उनको कार्यशैली प्रति असन्तुष्ठी जनाउँदै राज्यमन्त्री बास्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणको कामप्रति पनि असन्तुष्टि जनाएका छन् ।

सञ्चालक समितिले पनि प्रबन्ध निर्देशकको कार्यक्षमतामा प्रश्न उठाउँदै कार्य सम्पादन मूल्यांकन सन्तोषजनक नभएको निर्णय गरेको थियो । राजभण्डारी प्रतिस्पर्धाबाट टेलिकमकी प्रवन्ध निर्देशक भएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here