पोल्याण्ड पठाई दिन्छु भनि ठगी गर्ने दुई युक्रेनी नागरीक पक्राउ

189

काठमाडौं/ युक्रेन देश घर भएका दुई जना विदेशिहरुले हाल पुतलीसडक स्थित एउटा घर भाडामा लिई कार्यालय समेत खोली वैदेशिक रोजगारमा पोल्याण्ड पठाई दिन्छु भनि रकम लिई ठगी गरेको भन्ने उदयपुर,वेलगर बस्ने वर्ष २६ को बुद्धिराज विष्टि समेतका ९ जनाले यस कार्यालयमा पेश गरेको निवेदनको आधारमा तत्काल प्रहरी महाशाखा कार्यालयबाट खटी गएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा युक्रेनी नागरीकरुलाई शंकास्पद अवस्थामा भेटी आवश्याक अनुसन्धानको लागी राखिएको छ ।

निजहरु दुवै जना सन् 26 April 2018 मा Tourist Visa मा नेपाल प्रवेश गरेका , नेपालमा आई पुतलीसडक स्थित एउटा घर भाडामा लिई सोही घरमा PEOPLE WORK GROUP नामले कार्यालय संचालन गरी सोही कार्यालयबाट सामाजिक संजालको प्रयोग गरी Facebook, Viber मार्फत पोल्याण्‍डमा सजिलैसँग रोजगारमा जान सकिने ,मासिक रु.९० हजार देखि १ लाख सम्मको तलव साथै अन्य आकर्षक सुबिधा समेत रहेको भनि प्रलोभन देखाई झुट्टा प्रचार गरी पीडितहरुलाई सम्पर्कमा ल्याई आवश्यक कागजात र रकम संकलन गर्ने गरेको पाइएको छ ।

पीडितहरुलाई रोजगारीको लागि पोल्याण्‍ड सम्म पुग्न जम्मा रु. ७ लाख ५० हजार लाग्ने र प्रोसेस शुरु गर्न तत्काल कम्तिमा २ लाख सम्म लाग्छ भनि  केही पीडितहरुबाट प्रतिव्यक्ति १ लाख ८० हजार देखि २लाख सम्म रकम संकलन गरी सकेको साथै हालसम्म करीब ६०० जनालाई सामाजिक संजाल कै माध्यमबाट सम्पर्कमा ल्याई रकम असुल गर्ने प्रक्रियामा रहेको देखिएकोले निजहरुलाई पक्राउ गरी ठगी मुद्दामा थप अनुसन्धान एवं कारवाहीको लागी मिति २०७५।०४।३१ गते महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको छ ।

मुलूकी ऐन ठगीको महल अनुसार झुक्याई,विश्ववासमा पारी ठगी गरेमा कसुरको मात्रा हेरी बिगो भराई बिगो बमोजिमको जरीवाना र पाँच वर्ष सम्म कैंद हुने कानुनी प्रावधान रहेको छ ।

पक्राउ परेका व्यक्ति :
नाम थर : Bitali Bilya

 उमेर : २६ बर्ष
ठेगाना : युक्रेनी नागरीक

नाम थर : NATALIIA MELNYCHUK

उमेर : २३ वर्ष
ठेगाना :युक्रेनी नागरिक

बरामद सामनहरु :
१)विभिन्न कम्पनीको ल्यापटप थान १०
२)विभिन्न कम्पनीको मोबाईल थान ७
३)पासपोर्ट थान २
४)विभिन्न छापहरु ३
५)स्क्यानर प्रिन्टर थान १
६)ल्यापटप चार्जरहरु
७)विभिन्न कागजपत्रहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here