यातायात कार्यालयका सहलेखापाल र मेडिकल सहायक घुस लिएको आरोपमा पक्राउ

194

काठमाडौं/ यातायात कार्यालयको कर्मचारीलाई घुससहित पक्राउ गरिएको छ । ठूलोभर्‍याङ, स्थित स्वयम्भुमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक(निजी) नारायण श्रेष्ठलाई पक्राउ गरिएकोहो ।

अख्तियारले ट्रायल परीक्षा उत्तिर्ण गरेका छब्बीस जना परीक्षार्थीहरुबाट राजश्व रकम बाहेक थप रकम घुस वापत माग गरिरहेको भन्ने सूचना एवं उजुरी पाएपछि अनुसन्धान गर्ने क्रममा अख्तियार टोलीले निजहरुलाई सोह्र हजार घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here