राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधन

49

काठमाडौ,  ३ भदौ । राष्ट्रसङ्घका पूर्व महासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको शनिबार बिहान निधन भएको छ । उनको ८० बर्षको उमेरमा निधन भएको हो ।

घानामा जन्मिएका अन्नान पछिल्लो समय स्वीट्जरल्याण्डमा बसोबास गर्दै आएका थिए । अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए ।

संयुक्त राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्नानको स्वीट्जरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानको निधनबारे उनको परिवारले पुष्टि गर्दै भनेको छ, अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक हुन् । सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्वीट्जरल्याण्डमा बस्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here