परराष्ट्रमन्त्री ज्ञवालीले दिए पाकिस्तानी समकक्षीलाई बधाई

191

काठमाडौँ, ५ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त भएका मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिएका छन् ।

सोमबार एक शुभकामना सन्देश पठाउँदै उनले कुरेसीको कार्यकालमा दुवै देशको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि नेपालले निकटमा रहेर काम गर्न चाहेको बताएका छन् । नेपाल र पाकिस्तानबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ ।

यस्तै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अम्जद हुसेन बी सियालले पनि विदेशमन्त्रीमा नियुक्त भएकामा कुरेसीलाई वधाई एवम् सफल कार्यकालयको शुभकामना दिएका छन् ।

महासचिव सियालले आफ्नो कार्यकालमा कुरेसीले क्षेत्रीय सहयोग एवम् आपसी हितका लागि महत्वपूर्ण योगदान दिनहुने अपेक्षा गरेका छन् । सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा शीघ्र आयोजना हुने विश्वाससमेत उनले व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here