राप्ती समाज जापानको तीज विशेष कार्यक्रम सम्पन्न

202

-श्याम क्षेत्री

 जापान / राप्ती समाज जापानले आयोजना गरेको तीज विशेष कार्यक्रम अन्तर्गत दर खाने कार्यक्रम सम्पन्न भएको छ  । टोक्योको लॉलीगुरॉस रेष्टुरेन्टमा भएको दर खाने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष युबराज रेग्मी र प्रमुख अतिथि समाजका सल्लाहाकार तारा प्रकाश बुढा मगरको रहेको थियो ।

महासचिव प्रकाश ओलीको सन्चालन गर्नु भएको कार्यक्रममा प्रबक्ता कमल बॉठा र सह-कोषाध्यक्ष आयुष्मा पुन मगरको स्वागत मनतव्य रहेको थियो । कार्यक्रममा राप्ती भित्र र बाहिरका नेपाली दिदिबहिनीहरुको भव्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई भव्य र सभ्य रुपमा समपन्न गर्नको लागि उपाध्यक्ष नारायण मगर ,मनराज बिश्वकर्मा, सचिब पन्चबीर चौधरी,कोषाध्यक्ष केशब भण्डारी लगाएत कार्यसमितीका सदस्यहरुले व्यवस्थापन गर्नु भएको थियो ।

महिला दिदिबहिनीहरुले आफ्नो संस्कार संकृति झल्कने खालका भेषभूषामा नॉचगान गर्नुकासाथै विभिन्न प्रकारका खानेकुराहरुको पनि व्यवस्था गरिएको थियो । समाजले प्रत्येक वर्ष तीजको अवसरमा महिला दिदिबहिनीहरुलाई लक्षित गरी यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु लगायत राप्तीबासिहरुको बाक्लो रुपमा उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here