अब बालबालिका विद्यालय नपठाउने अभिभावकलाई पनि कारबाहीः शिक्षा मन्त्री पोखरेल

285

महोत्तरी/ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावकलाई पनि कारबाही हुने जनाउनुभएको छ ।

महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवशिय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले जारी भएको नयाँ ऐनमा विद्यालयमा आफ्ना बालबालिका भर्ना नगर्ने अभिभावकलाई कारवाही हुने व्यवस्था रहेको जनाएका छन् । उहाँले सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन आग्रह गर्नुभयो । २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुबिधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आवश्यक रहेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो।

स्थानीय सरकार शक्तिशाली भए मात्र भर्ना अभियान सफल हुने भन्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिले भर्न अभियानलाई विशेष रुपमा लिनु पर्ने बताउनुभयो । उहाँले अझैं पनि मुसहर, डोम र दलित बालबालिकाहरुलाइ विद्यालयसम्म ल्याउन नसकिएको अवस्थ रहेको उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले सबै जातजाती, भाषाका बालबालिकालाई विद्यालयको पहुँमा ल्याउन असाधारण अभियान चलाउन जरुरी जनाउनुभयो । उहाँले सरकारी वद्यालयलाई कसरी गुणस्तरिय शिक्षा दिने बनाउन सकिन्छ भन्नेमा सबै गम्भीर हुनुपर्ने जनाउनुभयो ।

मन्त्री पोखरेलले आफु निजी विद्यालयको पक्षमा नरहेको जनाउँदै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने चेतावनी दिए । यसका लागि विशेष अभियान चलाउनु आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–‘महोत्तरी शिक्षामा कर्णाली भन्दा पछाडी परेको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउने मात्रै होइन टिकाउने अभियान पनि चलाउनुस । अनुगमन र कार्यान्वयन गर्ने दायित्व स्थानीय सरकारको हो । ’ उहाँले पहिले वडा, गाउपालिका र नगरपालिकाहरु साक्षर भएको घोषणा गर्न निर्देशन दिनुभयो । ९ केन्द्र सरकारको मुल जोड स्थानीय सरकारलाइ बलियो बनाउनु रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले साक्षर नेपाल घोषणा अभियान सफल बनाउन सम्पुर्णमा अपिल गर्नुभयो । प्राविधिक शिक्षा अनिवार्य भइसकेको बताउनुहुँदै मन्त्री पोखरेलले श्रम,सीप र उत्पादनलाई समृद्धि सङ्ग जोड्नु पर्नेमा जोड दिनुभयो ।

मध्यमाञ्चलका क्षेत्रीय शिक्षा निर्देशक दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक नागेन्द्र रेग्मी, महोत्तरी जिल्लाका नगर प्रमुख, गाउँपालिका प्रमुख, शिक्षा सङ्ग सम्बन्धित कार्यालयका प्रमुखहरु, श्रोत व्यक्ति, शिक्षाको कर्मचारीहरु, बिधालयका प्रधानाध्यापकहरु, अभिभावक र सामाजिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।कार्यक्रम शिक्षा तथा मानव श्रोत विकास केन्द्रको आयोजना र स्थानीय संयोजन जय गोविन्द शाह अध्ययन केन्द्रले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here