नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि आज ४ बजे संवैधानिक परिषदको बैठक बस्दै

201

काठमाडौँ / सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज ४ बजे बस्दैछ । प्रधानन्यायाधीश सिफारिसको अलवा बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने सम्भावना रहेकोजनाएको छ ।

यसअघि प्रधानन्यायाधीश नियुक्तिका लागि परिषदले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेपनि उनको नाम संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि प्रधानन्यायाधीशको खोजीका लागि परिषद बैठक नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि बस्न लागेको हो ।

सर्वोच्च अदालतमा तीन वर्ष स्थायी भएर काम गरिसकेका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बैठकले सिफारिस गर्दैछ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सदस्य, राष्ट्रिय सभाको सदस्य र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेका छन् ।

संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्दा सर्वसम्मत गर्ने गरेको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठ न्यायाधीशमा ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here