सरकारलाई कञ्चनपुरमा भएको बलात्कारको घटनाबारे ध्यानाकर्षण

168

काठमाडौं/ प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले कञ्चनपुरमा भएको बलात्कारको घटना, स्थानीय तहमा भएको भनिएको करवृद्धिलगायत मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसकी सांसद सुजाता कोइरालाले मुलुकलाई विकास र समृद्धिको मार्गमा लगेमा प्रतिपक्षले पूर्णरुपमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाइरहेको बेला जनतालाई मार पर्ने ढङ्गबाट कर बढाएको भनी सरकारको आलोचना गर्नुभयो ।

सांसद दीपकप्रकाश भट्टले कञ्चनपुरमा भएको बलात्कारमा संलग्न दोषीलाई छानबिनका आधारमा दोषी ठह¥याउनुपर्नेमा आन्दोलनको भरमा दोषी खडा गर्ने प्रयास भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मोहन आचार्यले रसुवाको विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउँदै पीडितलाई राहतका लागि व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद अमृता अग्रहरिले सरकारले मधेश र मधेशीप्रति विभेद गरेको जनाउँदै जनताबाट निर्वाचित भएका रेशम चौधरीलाई कुन ऐनका आधारमा प्रमाणपत्र नदिएको हो भनी प्रश्न गर्नुभयो ।

सांसद सरिता गिरीले धनुषा जिल्लाको ढल्केवरदेखि सुनसरीको इटहरीसम्म विद्युत् प्रसारण लाइन विस्तार गर्दा लहान नगरपालिकास्थित कडरिया गाउँमा अहिले विवाद उत्पन्न हुँदा काम अगाडि बढ्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै विद्युत् पोल गाड्दा पहाडी भेगको छेउछाउबाट लैजानुपर्ने भन्ने व्यवस्था गर्न माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here