शरद रेग्मी
दाङ / पछिल्लो समय वातावरण प्रदुषण भइरहेको जनगुनासो र त्यसको प्रभाव प्रत्यक्षरुपमा देखिन थालेपछि विभिन्न सरोकारवालाहरुले नियन्त्रणका उपायहरु अपनाउन थालेका छन । स्थानीय तहहरुले समेत वातावरण सरंक्षणमा चासो दिन थालेका छन भने सामाजिक संघ संस्थाहरुले उनिहरुलाई सहयोगी को भुमिका खेलेका छन ।
यसै क्रममा लायन्स क्लब अफ दाङले तुलसीपुर स्थित त्रीसिद्वेश्वेरी मन्दिर को प्राङ्गणमा रुद्राक्ष ,कपुर र तुलसि लगायतका बिरुवा लगाएको छ ।
क्लबका अध्यक्ष उमेश चन्द्र मजगैयाको अध्यक्षतामा भएको बृक्षारोपन कार्यक्रममा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देबराज धिताल,लायन्स क्लब डिष्ट्रिकका प्रमुख सल्लाहकार बिनोद कुमार श्रेष्ठ ,सङघका पुर्व अध्यक्षहरु ललितजङग शाह,गणेश अधिकारी ,टेकन प्रसाद कडेल,रोटि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ ,तुलसिपुर नगर बिकास समितिका अध्यक्ष यज्ञबहादुर केसि,लगायतकाले आगामि दिनमा लायन्स क्लब अफ दाङको सामाजिक क्षेत्रमा हुने हरेक काममा आफुहरुको महत्त्वपूर्ण भुमिका र सहयोग हुने जनाएका थिए ।
कार्यक्रममा मन्दिर लाई सफा राख्न सहयोग पुग्ने भन्दै क्लबले चार थान डष्टबिनसमेत हस्तान्तरण गरेको थियो । क्लबका नयाँ सदस्यहरु सुर्य प्रसाद शर्मा,बिरेन्द्र महरा ,गनेश अधिकारी ,प्रमोद बस्नेत र लोकबहादुर बिष्टलाई प्रमाण पत्र सहित अन्तर्रा्ष्ट्रिय पिनले स्वागत गरिएको कार्यालय सचिव निमकान्त लामिछानेले जानकारी दिनुभएको छ ।



















