राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्ठि

312

कञ्चनपुर/ बलात्कारपछि हत्या गरिएका पन्तको न्यायको खोजीमा भएको आन्दोलनमा उनी पनि सहभागी भएका थिए । तर, उनी प्रहरीको गाली लागेर मारिए ।

उनको पार्थिव शरीरमा प्रदेश सांसद तारा लामा तामाङ, भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, बेदकोट नगरपालिकाका मेयर अशोक चन्द र विभिन्न संघ संस्थामा प्रतिनिधि खुनाको दाह संस्कारमा सहभागी भए ।

त्यसैगरी अन्त्येष्टिका क्रममा मानवअधिकारकर्मी, महिला र सयौँको संख्यामा स्थानीय सर्वसाधरण पनि उपस्थित भएका थिए । संघीय मन्त्रिपरिषद्को शनिबार राति बसेको आकष्मिक बैठकले सन्नीलाई शहिद घोषणा गरेको थियो । त्यही अनुसार सन्नीलाई प्रहरीले शोक सलामी दिएको हो ।

महेन्द्रनगरमा कर्फ्यू कायमै छ । कर्फ्यूका कारण स्थानीयबासी शवयात्रामा उपस्थित हुन सकेनन् । स्थानीय प्रशासनले बिहान पाँच बजेदेखि हटाएको कर्फ्यू १० बजेदेखि पुनः कायम गरिएको छ । कर्फ्यू हटाइएकै बेला आफन्तले खुनाको दाहसंस्कार गरे ।

शनिबारको मन्त्रिपरिषद्को बैठकले सन्नीका परिवार र बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई जनही १०–१० लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

भदौ ५ देखि सुरु भएको प्रदर्शनले हिंस्रक रुप लिँदा सन्नीको गत शुक्रबार महेन्द्रनगरमा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गएको थियो । त्यसक्रममा अर्का किशोर चेतन भट्ट पनि गोली लागेर गम्भीर घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here