कञ्चनपुरमा कर्फयु साँझ ६ बजेसम्म हटाईयो

146

कञ्चनपुर/ कञ्चनपुरमा स्थानीय प्रशासनले शुक्रबार साँझदेखि लगाएको कर्फ्र्यु केही समयका लागि हटाएको छ । निर्मला हत्याकाण्ड पछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन भन्दै सोमबार दिउँसो १२ बजेपछि लाग्ने भनिएको कर्फर्यु साँझ ६ बजेसम्मका लागि हटाईएको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सुरक्षा समितिको बैठकले स्थिति समान्य हुन थालेपछि सोमबार साँझ ६ बजेसम्मका लागि हटाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सुचना अधिकारी उदयराज जोशीले अर्को आदेश नहुन्जेल साँझ ६ बजेसम्मका लागि कर्फ्र्यु हटाईएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here