एनआइसी एसियाको सात वर्षे ऋणपत्र जारी गरिने

126

काठमाडौं/ एनआइसी एसिया बैंकले फेरि ऋणपत्र जारी गरेको छ। बैंकले ११ प्रतिशत ब्याज दिने गरी सात बर्ष अवधिको ऋणपत्र जारी गरेको हो । बैंकको ऋणपत्र भदौ २१ गतेबाट बिक्री खुला हुने छ। घटिमा २५ गतेसम्म बिक्रीमा राखिने छ । बढिमा असोज १९ सम्मका लागि बिक्री मिति तोकिएको छ ।

बैंकले १ हजार रूपैयाँ अंकित दरका १८ लाख ३० हजार कित्तामध्ये ३ लाख ३६ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । बैंकको ऋणपत्रका लागि कम्तिमा २५ कित्ता र बढिमा एक लाख ८३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

यसअघि बैंकले तीन अर्ब रूपैयाँको ऋणपत्र जारि गरेको थियो । यसअघिको ऋणपत्रमा बैंकले नौं प्रतिशत ब्याज दिने घोषणा गरेको थियो । बैंकले हरेक ६ महिनामा ब्याज भुक्तानी गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here