पाँचथर/ आफ्नै बाबु मर्ने अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।
छुरा प्रहार गरी आफ्नै बाबु मारेको अभियोगमा तुम्वेवा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकलाई प्रहरीले पक्राउ गरेको हो ।
माङलाकले बुधबार राति ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई धारिलो हतियार छुरा कोखामा प्रहार गर्दा गम्भीर घाइते भएकोले स्थानीय मेडिकल हुदै थप उपचारको लागी शुक्रबार धरान घोपा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















