ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई थुन्न पाँच दिन म्याद थपियो

149

काठमाडौं । सन् १८१६ मा तत्कालीन भारतका अग्रेंज शासक र तत्कालीन नेपालका शासकबीच भएको सुगौली सन्धीबाट गुमेको नेपाली भूमि भारतको कब्जामा रहेको छ । अग्रेंज शासकहरुले भारतलाई स्वतन्त्र छोडेर गएपनि नेपालको भूमि भारतले नेपाललाई फिर्ता नगरेर आफ्नो कब्जामा राख्नु अग्रेंज शासकहरुको चरित्र भएके स्पष्ट हुन्छ ।

पूर्वमा टिष्टासम्म र पश्चिममा किल्ला काँगडासम्म फैलिएको नेपालको संरचना सोही सन्धीबाट खुम्चीएर मेचिदेखि महाकालीसम्म मात्र भएको हो । यही बाँकी रहेको नेपालको भूमि पनि भारतीय शासकहरुले अतिक्रमण गर्दै नेपाललाई खुम्च्याउने काम गरिरहेका छन् । यस्ता भारतीय हस्तक्षेपकारी विस्तारवादी गतिविधिहरु विरुद्ध आवाज उठाउँदै आएका ग्रेटर नेपाल देशभक्त मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई ओली सरकारले पक्राउ गरेको छ ।

बिमस्टेकको सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने तयारी गरेको भनी आरोपित गर्दै उनलाई गिरफ्तार गरिएको थियो । बिमस्टेक सम्मेलन सम्पन्न भइसकेर भारतीय प्रधानमन्त्री लगायत सबै अतिथिहरु स्वदेश फर्किसकेपनि नेपाललाई थुनामुक्त गरिएको छैन । उनलाई अझै थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ । नेपाललाई हाल गौशाला प्रहरीमा थुनेर राखिएको थाहा भएको छ ।

फणीन्द्रको गिरफ्तारीको विरोध गर्दै सामाजिक सञ्जालमा ‘आफ्नो सिमाना खाज्ने राष्ट्रवादीको आवाजलाई बाहिर ल्याउन खोज्दा लम्पसारवादीहरुलाई कस्तो प्रकारको शान्ति सुरक्षाको खलल् परेछ हँ ? ‘भन्दै प्रश्न गरिएको छ । सामाजिक सञ्जालमा यो गिरफ्तारीको व्यापक विरोध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here