एउटै विमानको ककपिटमा बाबु–छोरी जो पाइलट हुन ! (भिडियो)

590

काठमाडौं/ विनोद पुरी सेतो सर्ट र कालो पाइन्टमा सजिएर विमान उडानका लागि हरेक दिन घरबाट निस्कँदै गर्दा युनिफर्ममा सजिएका बाबुलाई देख्दादेख्दै नेहाको मनमा सायद छाप बसिसकेको थियो– कुनै दिन आफुपनि पाइलट बन्ने र बाबु जस्तै आकाशमा उड्ने।

नेहाले ८ बर्षअघि पाइलट बनिन्। फिलिपिन्समा एक बर्ष लगाएर पाइलटको तालिम पूरा गरेपछि उनी नेपाल फर्किन र बाबु विनोद कार्यरत अग्नि एयरमै काम सुरु गरिन् २०६७ सालमा । नेपालमा १ सय ५० बढी पाइलट बेरोजगार नै रहेको त्यो समय नयाँले काम पाउनु दुर्लभ नै मानिन्थ्यो। बाबु नै पाइलट भएकाले नेहाका लागि काम पाउन त्यत्ति कठिन भएन। तालिमबाट फर्के लगत्तै उडान भर्ने उनको सपना सार्थक भयो अग्नि एयरबाटै।

मानिसको जीवनमा सायद सबैभन्दा खुसीको क्षण त्यो नै हुन्छ, जब उसले बर्षौंदेखि साँचेको सपना सार्थक हुन्छ। ‘पहिलो पटक विमान उडाउँदाको खुशीले मलाई उन्मत्त बनाएको थियो, मेरो सपना पूरा भएको क्षण थियो त्यो’, नेहा अहिले पनि खुशी हुन बेलाबेला त्यो समयमा फर्किने गर्छिन्।

अग्नि एयरमा पाइलटका रुपमा नेहाले व्यावसायिक उडान सुरु गर्दा बाबु विनोद ‘इन्स्ट्रक्टर पाइलट’ थिए। जसको जिम्मेवारी हो, तालिम सकेर आएका नयाँ पुस्ताका पाइलटलाई उडान सिकाउने। नेहा सायद भाग्यमानी थिइन, जसले बाबु विनोदबाटै व्यावसायिक उडानको सुरुवाती तालिम लिन पाइन।ताजा खबरबाट(भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here