संजिवनीको सुन्दर आवाजमा नयाँ नेपाली गीत (भिडियो सहित)

292

भारतीय गायिका संजिवनीको सुन्दर आवाजमा नयाँ नेपाली गीत सार्वजनिक भएको छ ।

‘मेरो माया’ बोलको उक्त गीतको म्युजिक भिडियो युटुबमार्फत सार्वजनिक भएको हो । नेपाली सांगीतिक कार्यक्रममा नेपाल आइरहने संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् ।

निकै सुन्दर स्वरमा सजिएको उक्त गीतको म्युजिक भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको सुन्दर अभिनय रहेको छ ।

सबी अधिकारीको रचना रहेको गीतमा सुर्य काश्यबको संगीत रहेको छ । प्रेम लामाको टीमले खिचेको भिडियोको निर्देशन सुवास प्रधानले गरेका छन् ।

भिडियोमा रंग संयोजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । साहस शाक्यले एरेन्ज गरेको गीतको म्युजिक भिडियोको मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here