प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री थापाद्वारा पाँच प्रतिवेदन पेश

94

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा पाँचवटा वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

गृहमन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७३/७४ को सत्ताइसौँ वार्षिक प्रतिवेदन, निर्वाचन आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र राष्ट्रिय मानवअधिकार आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

त्यसैगरी, नेपाल सरकारको आव २०७३/७४ को सुशासन प्रतिवेदन र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७३/७४ को नेपाल सकरारको वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

आजको कार्यसूचीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालतको आव २०७३/७४ को वार्षिक प्रतिवेदन, महान्यायाधिवक्ताको आव २०७३/७४ को वार्षिक प्रतिवेदन र न्याय परिषद् र न्याय सेवा आयोगको आव २०७३/७४ को वार्षिक प्रतिवेदन पेश गर्ने तय भएपनि पछि कार्यसूचीबाट हटाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here