न्यूजमा भ्युज घुसाएर समाचार बनाउने पत्रकारहरु अपराधी भएको मन्त्री यादवको आरोप

288

काठमाडौं/ बिहीबार काठमाडौंको आर्थिक पत्रकार समाज (सेजन) ले बाईल्याटरल ईन्भष्टमेन्ट एग्रिमेन्टबारे आयोजना गरेको राउण्ड टेबल डिस्कशनमा बोल्दै उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले न्यूजमा भ्युज घुसाएर समाचार बनाउने पत्रकारहरु अपराधी भएको आरोप लगाएका छन् ।

मिडियाले न्यूजमा भ्यूज घुसाउनु भनेको अपराध भएको यादवको भनाई छ । ,‘यदि कसैले न्युजमा भ्यूज घुसाउँछ भने त्यो पत्रकारिताभित्रको ठूलो अपराध हो । त्यसैले जे छ त्यसबारे तथ्य राख्नुपर्यो ।’उाले भने ।

यादवले भने,‘यदि मन्त्रीले गल्ती गरेको छ । सरकारले गल्ती गरेको छ भने आउनुहोस् न टेबुलमा छलफल गरौं न । लेख्न, बाहिर फेसबुकमा हाल्न सजिलो छ । तर, सही के हो भन्नेबारे छलफल गर्न त आँट गर्नु त पर्यो नि । म सम्पादक, मिडियाका मालिकहरुलाई भन्छु, हाम्रो मन्त्रालयमा केही छलफल गर्नुपर्यो भने हाम्रो टेबुलमा आउनुपर्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here