बलिउड अभिनेता दिलिप कुमार अस्पताल भर्ना

151

९५ वर्ष पुगेका बलिउड अभिनेता दिलिपकुमार अस्वस्थ बनेका छन् । उनलाई छातिमा अप्ठेरो भएपछि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको छ ।

सास फेर्न अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको हो । दिलिपकुमारका पारिवारिक चिकित्सक डा। रमेश शर्माले उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए ।

दिलिपकुमारको अफिसियल ट्विटर ह्यान्डलबाट उनी अस्वस्थ भएको खबर सार्वजनिक गरिएको थियो । यससँगै उनलाई थुप्रै बलिउड सेलिब्रिटी र फ्यानहरुले स्वास्थ्यलाभको कामना गरिरहेका छन् । यस्तो कामना गर्नेमा पाकिस्तानीहरु पनि उल्लेख्य संख्यामा छन् ।

१९४४ मा ‘ज्वारभाटा’ बाट बलिउड डेब्यू गरेका दिलिपकुमार पाकिस्तानको पेशावरमा जन्मिएका हुन् । उनले करिब ५० वटा हिन्दी फिल्ममा अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here