लास फूल हेर्न मान्छेको घुइँचो

283

अमेरिका/ अमेरिकाको क्यालिफोर्नियास्थित हंटिङ्गटन पुस्तकालयमा एउटा चर्चित फूल फुलेको छ । निकै गन्हाउने गन्ध फैलाउने यो फूल ‘लास फूल’को नामले पनि चिनिन्छ । लास फूल फुलेपछि पुस्तकालय हातामा फूल हेर्न आउने दर्शकको घुइँचो बढेको छ ।यो फूललाई स्टिंक अर्थात् दुर्गन्ध पनि भनिन्छ । यो फूल बिहिबार राति अकस्मात् फुलेको पुस्तकालयकी प्रवक्ताले बताएकी छिन् ।

यसअघिका वर्षहरूमा फुल्ने दिनभन्दा केही दिनअघि नै यसवर्ष यो फूल फुलेको छ । फूलको आकार निकै अनौठो तथा सुन्दर देखिन्छ । रोपेको १५ वर्षमा मात्र यो फूलको विरुवा वयस्क भएर फुल्दछ । यसको फूल केवल २४ घण्टामात्र फक्रिन्छ र त्यसपछि ओइलाउन थाल्दछ ।

यो फूलबाट मासु कुहेको जस्तो नमीठो गन्ध आउँदछ, त्यसैले यसलाई लास फूल भनिन्छ । वैज्ञानिकहरूका अनुसार परागसेचनका लागि किराहरूलाई आकर्षित गर्नका लागि फूलबाट यस्तो गन्ध आउने गरेको हो ।बिहिबार राति फुलेको फूलमा रातभर निकै नमिठो गन्ध आयो । तर शुक्रबार दिउसोबाट फूल ओइलाउने क्रम सुरु भएसँगै यसको गन्ध पनि कम हुँदै गएको छ ।

यो वर्ष पुस्तकालयमा रहेका तिनवटा लास फूल फुल्ने हुनाले पुस्तकालयका पाठकहरू निकै उत्साहित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here