काठमाडौं । सिजन मिडियाद्वारा आयोजना गरिएको मिस टिन कलेज को छैटौं संस्करणमा सहभागीहरुको फोटो सार्वजनिक गरिएको छ । काठमाडौंका विभिन्न कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत १६ वर्षदेखि १९ वर्ष उमेर समुहका छात्राहरु सहभागी भएका छन् ।
सहभागी प्रतियोगीहरुलाई कार्यक्रममा विभिन्न तालिमहरु जस्तै व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, स्टेज प्रर्फमेन्स, मिडिया सम्वन्धी जानकारी, ट्राफिक नियम सम्वन्धी जानकारी साथै सामाजिक सेवा अन्र्तगत वागमति सफाई कायक्रममा सहभागी गराइने, रक्तदान कार्यक्रम सन्चालन गर्ने तथा विभिन्न सामाजिक संघसस्थाको भ्रमण साथै अन्य विभिन्न आन्तरिक प्रतियोगीतात्मक कार्यक्रमहरु पनि समावेश गरिने जनाइएको छ । जसले गर्दा प्रतियोगीहरुमा ज्ञान तथा सिपको विकास हुने सिजन मिडियाले जनाएको छ ।
प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथैे दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोवाइलफोन,अस्टेलिया अध्ययनको लागि छात्रावृत्ति,निशुल्क टोफल आएल्स, म्यूजिक भिडयो तथा मोडलिङ विधामा सहयोग गरिने उल्लेख छ । त्यस्तै अन्य विभिन्न गिफ्टहयाम्पर विजेताले पाउने छन् । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि विजेता छनौट गरिने सिजन मिडियाले जनाएको छ । यस प्रतियोगीताको फाइनल यही भाद्र २८ गते नाचघर जमलमा हुने पनि उल्लेख गरिएको छ । तल हेर्नुहोस् फोटोहरु :-



































