ट्रम्प प्रशासनले प्यालेस्टिनी कार्यालय बन्द गर्ने

92

वासिङ्टन संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

‘प्यालेस्टिनीहरुले इजरायलसँग प्रत्यक्ष र अर्थपूर्ण सम्झौता गर्न अस्वीकार गरिरहेको अवस्थामा’ राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस्तो कार्यालय अमेरिकामा खोल्दैन, बोल्टनको भाषणको अंश उद्धृत गर्दै राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले जनाएका छन् ।

ट्रम्प प्रशासनले इजरायलसँग गम्भीर शान्ति वार्ता हुन नसकेको अवस्थामा वासिङ्टनमा कार्यालय बन्द गर्ने भन्दै गत वर्ष नै सूचित गरेको थियो ।

प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन अर्थात् पिएलओले औपचारिक रुपमै सबै प्यालिस्टिनीको प्रतिनिधित्व गर्दछ । संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइन राज्यलाई मान्यता नदिए पनि पिएलओलाई वासिङ्टनमा अमेरिकी सरकारसँग औपचारिक वार्ता र छलफलका लागि प्रतिनिधित्व गर्न पाउने अख्तियारी दिइएको छ ।

संयुक्तराज्य अमेरिकाका लागि पिएलओ प्रमण्डलका प्रमुखले ट्रम्प प्रशासनले ‘प्यालेस्टाइनमा दशकौंदेखिको अमेरिकी दृष्टिकोण र सहकार्य’ लाई ध्वस्त बनाउन लागेको आरोप लगाउनुभयो । ‘मानवीय र विकास सहायतालाई राजनीतिक सौदाबाजीका रुपमा शस्त्रीकरण गर्नु’ उपयुक्त हुनै सक्दैन, राजदूत हुसम जोमलोटले जनाउनुभयो । ट्रम्पले प्यालेस्टिनी विरुद्ध एकपछि अर्को दबाबमूलक कार्य गरिरहनुभएको छ ।

हालैमात्र ट्रम्प प्रशासनले प्यालेस्टिनी शरणार्थीको मद्दतका लागि संयुक्तराष्ट्र संघीय निकायलाई दिँदै आएको अमेरिकी सहायता बन्द गरेको थियो । साथै पश्चिमी किनारा र गाजामा सञ्चालित परियोजनाको सहायता रकम कटौती गर्नुका साथै प्यालेस्टिनीका लागि सेवा उपलब्ध गराउने जेरुसेलमस्थित एक अस्पतालका लागि दिइआएको सहयोग बन्द गरेको थियो ।

ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिनुका साथै तेल अभिभबाट अमेरिकी राजदूतावास जेरुसेलम स्थानान्तरित गर्नुभएको थियो । उक्त कदमलगत्तै भएको प्रदर्शनका क्रममा दर्जनौं प्यालेस्टिनी मारिएका थिए । प्यालेस्टिनीहरुले पछिल्ला दिनहरुमा अमेरिका शान्तिविरोध रहेको आरोप लगाइआएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here