दीपकराज जोशी सर्वाेच्च फर्किने

245

संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नियमित काममा फर्किने भएका छन्। नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको स्वागतका लागि सोमबार सर्वोच्च अदालत पुगेका जोशीले नागरिकसँग भने, ‘सर्वोच्च त आजै (सोमबार) बाटै आएँ, भोलि (मंगलबार) देखि नियमित काममा फर्कनेछु।’

शैक्षिक प्रमाणपत्र विवादका कारण प्रधानन्यायाधीश हुनबाट रोकिएपछि जोशी घरबिदामा बसेका थिए। जोशीले आफूले प्रधानन्यायाधीश नभएर कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमात्र सम्हालेको जनाए । ‘म प्रधानन्यायाधीशको कुर्सीमा बसेको त होइन नि’, उनले भने, , ‘नवनियुक्त प्रधानन्यायाधीशलाई सर्वोच्चमा मैले नै स्वागत गरेर कुर्सीमा राखिदिएको हुँ।’

जोशीले मिश्र र आफू सहकर्मी भएकाले कार्यसम्पादनमा कुनै समस्या नपर्ने जनाए। घरबिदामा रहेका जोशी प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न सोमबार साँझ अदालत पुगेका थिए । मिश्रलाई अंकमाल गर्दै प्रधानन्यायाधीशको कुर्सीमा बसाएर उनी फर्केका थिए। नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here