भक्तपुर/ पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको जनाउँदै कम्युनिस्ट नेतृत्वको सरकार सफल हुनुपर्ने जनाएका छन् ।
नेपालको पहिलो कम्युनिस्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिस्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा उनले भने,’हिले नेपालमा कम्युनिस्ट व्यवस्थाले नेकपा र देशलाई एउटा मौका दिएको छ यो मौकाको फाइदा नेपालले उठाउनुपर्छ, नेपालमा कम्युनिस्ट आन्दोलन सफल भयो, कम्युनिष्ट नेतृत्व सरकार पनि सफल हुनुपर्छ ।’
कम्युनिष्ट नेतृत्वको सरकारले मुलुक समृद्धि र विकासतिर लम्किरहेको जनाउँदै उनले नेकपा नेतृत्वको सरकारले जनतासँग माछा र पानीको तथा नङ र मासुको जस्तो सम्बन्ध राखेर काम गर्नुपर्नेमा जोड पदएका छन् ।
नेता नेपालले देशमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्ति गर्नुपर्छ भन्दै यो जिम्मेवारी नेकपाको काँधमा आएको जनाए ।
गत भदौ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको २१ दिने प्रशिक्षणमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिसिन्स, जाम्भिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता रहेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बलराम बाँस्कोटाले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रियस्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको छ । पढाइसँगै सामाजिक एवं व्यावहारिक काम कसरी गर्ने भन्ने बारेमा व्यावहारिक र प्रयोगात्मक कक्षा सञ्चालन भएको छ ।

















