ट्रायल परीक्षामा पास गराईदिन्छु भन्दै रकम माग्ने पक्राउ

152

भक्तपुर/ चालक अनुमतिपत्र ट्रायल परीक्षामा पास गराईदिन्छु भन्दै रकम माग गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, भक्तपुर राधेराधे बस्ने महोत्तरी बर्दीबासका २० वर्षीय अनिल बानिया र काभ्रे घर भइ बौद्ध बस्ने २८ वर्षीय विकास लामा रहेका छन् ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधे स्थित भ्न्इ सजिलो ट्रायल सेन्टरमा अभ्यासको लागि आएका ब्यक्तिहरुसँग ट्रायल पास गराई दिन्छु भन्दै रकम माग गरेको खबरको आधारमा महानगरिय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here