ललितपुर/ आइतबार ललितपुरको भैसेपाटिमा अवस्थित नेपाल मेडिसिटी र ललितपुरमै अवस्थित गणेशमान मेमोरियल अस्पतालबिच विशेष सम्झौता भएको छ ।
नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले औपचारिक रुपमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।
स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाको समन्वय पनि बलियो हुन आवश्यक रहेकाले यस किसिमका समझौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।
दुई अस्पतालबिच सहकार्य गर्ने र जटिल रोगको उपचारमा साथ दिने जस्ता कार्यमा सहमति गरिएको छ । अस्पताल र अस्पतालको समन्वयले स्वास्थ्य क्षेत्रमा निकै सकारात्मक प्रभाव पर्न सक्ने भएकाले यस सम्झौतालाई अगाडि सारिएको हो ।
प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको नेपाल मेडिसिटी अस्पतालसंग सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले खुशी व्यक्त गर्नुभयो।
अरबौ रकम खर्चीएर विदेशमा उपचार गर्नुभन्दा स्वदेशमै उपचार गर्न र गराउन प्रेरित गराउन यो एक महत्वपूर्ण अभियान हुनेछ । सम्भव भएका उपचार गणेशमान मेमोरियल अस्पतालमै गर्ने र थप उपचारका लागि नेपाल मेडिसिटीसंग सहकार्य हुने भएको छ ।




















