अख्तियारको प्रमुखमा नवीनकुमार सर्वसम्मत चयन

210

काठमाडौं गत भदौ २० गते संवैधानिक परिषद् बैठकले अख्तियारको प्रमुख आयुक्तमा घिमिरेलाई सिफारिस गरे अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरे सर्वसम्मत चयन भएका छन् ।

संसदीय विषेश सुनुवाइ समितिमा सुनुवाइ समितिका सांसदले सुनुवाइका क्रममा घिमिरेलाई विभिन्न प्रश्न गरेका थिए । उनले जवाफ दिने क्रममा अख्तियारलाई विवादमुक्त र जनताले सम्झिने बनाउने प्रतिबद्धता जनाएका छन् ।

‘अख्तियारलाई विवादमुक्त र जनताले सम्झिने बनाउँछु’, सुनुवाइका क्रममा घिमिरेले भने, ‘दुई वर्षको अवधिमा कोठाभित्र अनुहार देखाउन नमिल्ने गरी बस्दिन, मेरा हरेक कामको अनुभूति जनताले गर्न पाउनेछन् ।’

घिमिरेविरुद्ध समितिमा कुनै पनि उजुरी नपरेपछि समितिले उनलाई सिधै सुनुवाइका लागि बोलाएको थियो । संसदीय समितिबाट अनुमोदन भएपछि समितिले संवैधानिक परिषद्लाई जानकारी गराउने तयारी गरेको छ।

नेपालको संविधानको धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र अन्य चारजना आयुक्तहरू रहने व्यवस्था छ। प्रमुख आयुक्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष भई काम गर्ने संवैधानिक व्यवस्था छ।

संविधानको धारा २९२ उपधारा १ मा संविधान बमोजिम संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाइ हुने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here