काठमाडौं/ काभ्रेको बनेपा नगर र धुलिखेल नगरको एक दिवसीय अभ्यास वर्ग संयुक्त रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अथितीको रुपमा पिपल्स प्राइम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्र कुमार लिम्बूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय सचिव छितराज न्यौपाने ,राष्ट्रिय छात्रा प्रमुख भगवती श्रेष्ठ ,राष्ट्रिय सह छात्रा प्रमुख बिन्द्रा वि क , केन्द्रीय सदस्य एवं प्रदेश नम्बर ५ का अध्यक्ष दीपक ढकाल , प्रहरी निरीक्षक सुनिलजंग शाहको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिती राजेन्द्र कुमार लिम्बूले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी परिषदले गर्ने यस्ता प्रकारका रचनात्मक एवं प्रशिक्षणात्मक गतिविधिमा सदैव सहयोग गर्ने जनाउनु भएको छ । उहाँले कार्यक्रम सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा प्रशिक्षक दीपक ढकालले समय व्यवस्थापन र विद्यार्थी जीवनमा सामाजिक कार्य कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गर्नु भयो।
केन्द्रीय सचिव छितराज न्यौपानेले विद्यार्थी परिषदको सैद्धान्तिक भुमिका , छात्रा प्रमुख भगवती श्रेष्ठले कार्य पद्धति , प्रहरी निरीक्षक सुनिलजंग शाहले विभिन्न प्रकारका हिंसा , राष्ट्रिय सह छात्रा प्रमुख बिन्द्रा वि क ले समग्र विद्यार्थी परिषदमा विद्यार्थीले निर्वाह गर्नु पर्ने भुमिका एवं यसमा काम गर्दाका फाइदाहरुको बारेमा प्रशिक्षण प्रदान गर्नु भयो ।
बनेपा स्थित के एन बेन्क्वीटमा सम्पन्न भएको उक्त कार्यक्रममा बनेपा र धुलिखेलका १० वटा कलेजका २१३ जना विद्यार्थी र विभिन्न कलेजका ६ जना प्राध्यापकहरुको उपस्थिति रहेको थियो ।
भवानी न्यौपानेको स्वागत मन्तव्य र आस्मा कोइरालाको संचालनमा सम्पन्न गरिएको अभ्यास वर्ग कार्यक्रममा धुलिखेल र बनेपाको क्रमश निराजन तिमेल्सीना र नारायण परियारको नेतृत्वमा नगर समिति गठन गरिएको थियो ।