काठमाडौ, ७ असोज । नेकपा (विप्लव) समुहका प्रभावशाली नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई प्रहरीले सर्वाेच्च अदालतमा उपस्थित गराउने तयारी गरेको छ । हाल जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा रहेका प्रकाण्डलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सर्वोच्च अदालतले प्रकाण्डलाई उपस्थित गराउन आदेशपत्र दिएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरले महान्यायधिवक्ताको कार्यालयमार्फत उनलाई सर्वोच्च अदालतमा उपस्थित गराउने तयारी गरेको हो । सर्वोच्चको आदेशानुसार प्रकाण्डलाई काठमाडौ ल्याउने तयारी भइरहेको छ ।
एक साता अघि प्रकाण्डलाई काठमाडौबाट उदयपुर लगिएको थियो । जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो ।


















