प्रेस काउन्सिल नेपालको ४९ औं वार्षिकोत्सव सम्पन्न

252

काठमाडौं/ शनिबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित वार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा मिडिया हाउस २ सहित १९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुको साथै पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ पत्रकार ४ जनालाई सम्मानित गर्नुभएको छ ।

प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कार र सोही वरावर राशीको प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमशःवरिष्ठ पत्रकार युवराज घिमिरे (काठमाडौं) र राजबहादुर गुरुङ् (कास्की) पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार,भाषागत पत्रकारिता पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कारबाट हाम्रो रेडियो दोलखा, डोटेलीभाषाको गुगुल्डी मासिक र कल्पतरु द्वैमासिकलाई प्रदान गरिएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल स्तम्भलेखन पुरस्कार, सशक्त सञ्चारकर्मी पुरस्कार, सशक्त लेखन पत्रकारिता पुरस्कारबाट क्रमशः बृजकुमार यादबधनुषा, डा.अमर गिरी दाङ, पुण्य पौडेल तनहुँ, मिमबहादुर रावल कालिकोटलाई प्रदान गरिएको छ ।

बिधागत पत्रकारिता पुरस्कार अन्तर्गत पदम सागर कक्षपति र अविनश्रेष्ठ, युवा सशक्तिकरण तर्फ सागर पण्डित, उज्जल पहाडी, चन्द्र बानियाँ, समावेशी पत्रकारिता तर्फ रिता मोक्तान, गोपाल परियार, सुरेश यादवमहिला सशक्तिकरण तर्फ नानीमैयाँ बिष्ट र कृष्णमाया उपाध्याय पुरस्कृत हुनुभएको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सञ्चारजगतलाई मर्यादितबनाउने, नियमन गर्ने एकमात्र अधिकार सम्पन्न आधिकारिक निकाय प्रेस काउन्सिलले पछिल्ला दिनहरूमा आफ्नो कार्यक्षेत्र तथा कार्यक्षमता दुबैमा उल्लेख्य विस्तार गर्दै विश्व प्रेस काउन्सिलमा नेपालको उपस्थितिको साथै दक्षिण एशियाली प्रेस काउन्सिल गठनमा अग्रणी भूमिका निभाएकोमा खुशी व्यक्त गर्नुभयो ।

स्वतन्त्रता निरपेक्ष नहुने भन्दै मूल्य, मान्यता र आचारसंहिताभित्र रहेर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले नेपालको राजनीतिक परिवर्तनमा नेपाली मिडियाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । न्युज ब्रेकको नाममा सत्यतथ्य परीक्षण नगरीसम्प्रेषण गर्ने, प्रायोजित समाचार, कपोलकल्पित श्रोतका नाममा व्यक्तिलाई खुइल्याउने, मानमर्दन गर्ने प्रवृत्तिले पत्रकारिता जगत्को स्वच्छता र निष्पक्षता माथि प्रश्नचिन्ह खडा गरेको उहाँको धारणा थियो ।

सूचनामा यति शक्ति हुन्छ कि यसले मर्दै गरेको मान्छेको ज्यान बचाउन सक्छ भने कहिले काँही गलत सूचना सम्पे्रषण भएमा निर्दोष व्यक्तिलाई मृत्युको मुखमा पु¥याउन पनि सक्छ । पछिल्लो समय इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग भइरहेको प्रति चिन्ता व्यक्त गर्दै पत्रकारिता पेशालाई मर्यादित, अनुशासित र जवाफदेही बनाउने प्रक्रियामा प्रेस काउन्सिल नेपालले २६ वर्ष पुरानो ऐनको सहारामा जे जतिकार्य गर्दैछ, त्यो निकै प्रशंसनीयरहेको उल्लेख गर्नुभयो ।

सूचनातथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विभिन्न आन्दोलनबाट आएका दलहरुबाट प्रेस स्वतन्त्रता हनन् गर्छन भन्ने भन्ने भ्रममा नपर्न आग्रह गर्दै मिडिया काउन्सिल बनाउँदैछौं, पत्रकारिता क्षेत्र नियमनमा बस्नैपर्ने र पूर्ण प्रेस स्वतन्त्रता विश्वमा कतै नभएको धारणा राख्नु हुँदैै मन्त्रीबाँस्कोटाले सम्मानित तथा पुरस्कृत सबैलाई हार्दिक बधाई दिनुभयो ।

प्रेस काउन्सिल सदस्य इश्वरी प्रसाद ओझाले सञ्चालन गर्नुभएको कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मिडिया लेगल्ती सच्याउने तत्परता देखाउनु महान कर्म हुने भन्दै प्रेस काउन्सिल प्रेस स्वतन्त्रताको संरक्षणको अग्रसर रहँदै आएको पत्रकारहरुको अभिभावक संस्थाको भूमिकामा सदैव रहने धारणा ब्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा योगदान दिएका महत्वपूर्ण व्यक्तिहरुको सम्मान गरेकोमा काउन्सिललाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सूचनातथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, सरकारी निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here